DEPRESSION भन्नाले क बुझ्ने?
यो एक मानसिक समस्या हो जसमा व्यक्तिको मन निरास हुने, थकानको महसुस हुने, आत्माबिस्वासमा कमि हुने, नरमाइलो लाग्ने, दिक्क लाग्ने आदि समस्याहरु हुन्छन।
नरमाइलो लाग्दैमा depression भन्नु मिल्ला त ?
मिल्दैन, तर यो नरमाईलोपन लामो समय सम्म भयो जस्तै कम्तिमा १४ दिन भन्दा बढी भयो र माथिका समस्याहरु पनि देखिएमा depression भनेर संका गर्न सकिन्छ।
अरु लक्षण हरु (depression symptoms) के के हुन सक्दछन त?
निद्रामा गडबडी, खानाको गडबडी, अरुसंग बोल्नु मन नलाग्ने, अल्छी लाग्ने, इच्छाशक्तिमा कमि, आफुलाई दोष दिने बानि, आत्महत्याको सोच आउने, आदि हुनासक्दछन।
depression के तनावले मात्र हुने हो?
होइन, thyroid सम्बन्धि समस्या हुने ४०-६०% व्यक्तिलाई मानसिक समस्या हुन सक्दछा तेस्तै, टाउकोमा चोट लागेको, मिर्गिको समस्या भएका, CNS infection भएका र मुटुको दबाई खाने व्यक्तिहरुमा पनि बिना stress depression आउन सक्दछा. तेस्तै लामो समय देखि hypertension, DM, भएका तर नियन्त्रण नभएका व्यक्तिमा पनि depression का समस्या देखिन सक्दछन।
अब यसको उपचारको बारेमा अलिकति भंदिनुस न (dealing with depression);
depression को पहिलो अवस्था mild depression हो भने councelling बाट मात्र पनि उपचार गर्न सकिन्छा तेसपछीका अवस्थाहरुमा moderate, severe depression मा दबाईको सेवन गर्नुपर्दछ र severe अवस्थामा त भर्ना नै गर्नुपर्ने हुन्छ।
दबाई कतिसमय खानुपर्दछ र दबाई खाईसकेपछी छोड्न सकिन्छ त?
सामान्यतया ६ देखि ९ महिना र कसै-कसैले १ वर्ष सम्म खानुपर्दछ तेसपछी दबाई छोड्न सकिन्छा दबाईहरुको अलि अलि sideffect त छ तर तेस्तो डरलाग्दो sideffect त हुदैन।
भनेपछि depression को उपचार सम्भव छ ?
बिशेसज्ञ चिकित्सक psychitrist र psychologist को सहयोगले एस समस्याबाट निस्कन सकिन्छा
counselling मात्र बाट पनि depression निको हुन्छ हैन र ?
हुन सक्छ, तर सधै होइन. अध्ययनले के देखाएको छ भने mild depression या सुरुको अवस्थामा दबाई खानु र councelling गर्नु दुवै effective हुन्छ तर moderate, severe type of depression मा भने medicine को साथमा councelling गरेमा बढी उपयुक्त हुन्छ।
यो atypical depression भनेको के हो नि?
येस्मा depression हुने symptoms को उल्टो हुन्छ, जस्तै बढी निन्द्रा लाग्ने, बढी भोक लाग्ने, बढी शारीरिक सम्बन्ध राख्नु मन लाग्ने, बिहानमा भन्दा साँझमा मन निरास हुने हुन्छ।
यो dysthymia र depression उस्तै हो त?
होइन, dysthymia भन्नाले २ वर्ष या त्यो भन्दा बढी मन निरास हुने साथमा १. खान नखाने या धेरै खाने, नसुत्ने या धेरै सुत्ने, थकानको महसुस हुने, आत्माबिस्वास कम्जोर हुने, ध्यान दिन नसक्ने र निरास हुने हुन्छा
अन्त्यमा depression पनि अरु मानसिक समस्या जस्तै हो र एसको उपचार सहि समयमा गरे सजिलैसित हुन सक्दछा तेसैले यसलाई कमजोरीको रुपमा नलिकन उपचार गरौ र मानसिकरुपमा स्वस्थ बनौ।