Addiction – Alcohol

Addiction (कुलत)

हामी सबैलाई केही कुराको लत हुन सक्छ। खानेकुरा देखी लिएर, व्यवहारसम्म र त्यस्ता लतहरु यदी हाम्रो बसमै छ, त्यस्ता लतले फाइदा नै पुर्याइरहेको छ भने ती समस्या भएनन तर यदी त्यस्ता लत सम्हाली नसक्नु छन, त्यस्ले हामीलाई बेफाइदा पुर्याउदैछन भने ती समस्या हुने गर्दछन। लत एउटा त्य्स्तो अवस्था हो जस्मा व्यक्तिले कि त बिभिन्न पदार्थहरु जस्तै रक्सी, सुर्तिजन्य चिज, गाजा, drugs को प्रयोग गर्छन कि कार्यहरु जस्तै जुवा तासमा सकृय हुन्छन। त्यस्ता लत हानिकारक भएता पनि त्यस्ता पदार्थको प्रयोग या कार्यले दिने प्रतिफलले व्यक्तीलाई प्रोत्साहन दिने गर्दछ। पारीणाम स्वोरूप व्यक्तीले त्यस्ता व्यवहार या भनम लतलाई दोर्याइरहने गर्दछन।


वैज्ञानिक अनुसन्धानका अनुसार लत बस्नुको पछाडि neurological विशेषता हुने गर्दछ। त्यस्ता पदार्थ र व्यवहार ले brain को पुरस्कारको pathway(मार्ग) लाई अत्यन्त सकृय गर्दछ, धेरै मा dopamine नामक neurotransmitter को भूमिका हुने पाइएको छ। जसले गर्दा व्यक्तीले त्यही व्यवहार दोहोर्याउने, त्यही पदर्थको सेवन गर्ने गर्दछन र अन्त्यमा त्यस्लाई लतको रुपमा बिकास गर्दछन।

 

यसका लक्षणहरू के के हुन त?

  •  लतजन्य कार्य तथा पदार्थको प्रयोगको मात्रा र समयमा वृद्घि हुनु।
  • त्यही कार्य गर्न या पदार्थ सेवन गर्ने अत्याधिक इच्छा हुनु र त्यसैको बारे सोचेर धेरै समय खर्चिनु।
  • त्यस्ता पदर्थको प्रयोग र कार्यले अरु क्षेत्र जस्तै काम, बिद्यालय र घरको कामकाजमा अवरोध ल्याउनु।
  •  महत्तोपूर्ण समारोह जस्तै सामाजिक भेला, कार्यालयको भेला, मनोरञ्जनात्मक कार्यक्रमहरुमा कम सामेल हुनु या हुँदै नहुनु।
  • आफ्नो लतको बारेमा खुलेर कुरा नगर्नु या त्यस्ता कुरालाई गुप्त राख्नु।
  • हुलिया र हाउभाउमा ठुलो परिवर्तन आउनु।
  • लतले गर्दा परिवार तथा साथीभाइसँग को सम्बन्धमा समस्या आउनु।
  • आफ्नो लतको र त्यस्ले निम्त्याउन सक्ने शारीरिक, मानसिक तथा सामाजिक समस्या बारे जान्कार हुनु र त्यस्लाई छुटाउने प्रयास गर्नु।
  • त्यस्ता पदर्थको प्रयोग तथा कार्यको लागि जस्तोसुकै जोखिम पनि उठाउनु।

 

यसका कारणहरु के के हुन त?

Addiction हुनु को पछाडि एउटा बिशेष कारण छैन, यसमा बिभिन्न कारणहरुले भूमिका खेल्ने गर्दछन। अनुसंधानहरुको अनुसार यसमा:
Biological factors जस्तै Genes र लिङ्गको; dopamine neurotransmitter को brain मा receptor को सन्ख्या genes ले निर्धारण गर्ने गर्दछ, शरीर को प्रतिको hormonal जवाफ कस्तो छ ले पनि यसमा योग्दान पुर्याउने गर्दछ। साथै पुरुषमा लतमा फस्ने सम्भावना बढी देखिने गरेको छ। Psychological factors जस्तै व्यक्तित्व र मानसिक आघातको को अनुभवले पनि यसमा योग्दान पुर्याउने देखिएको छ। र Environmental factors जस्तै पारिवारिक सम्बन्ध, साथीसंगत तथा लतजन्य पदार्थको पहुँचको पनि यसमा ठुलो भूमिका हुने गरेको पाईन्छ।

यो कसरी पत्ता लगाउने?

Addiction भएको अवस्थामा व्यक्तीको हावभाउ, बानी व्यवहार आदी हेरेर पनि निदान गर्न सकिन्छ। प्रायजसो चिकित्सकले विरामीसँग त्यस्ता पदार्थको प्रयोग तथा व्यवहार सम्बन्धी प्रश्न गरेर निर्णय लिने गर्दछन। मुख्यतय यस अन्तर्गत प्रयोगको आवृति (frequency), त्यस्ले जीवनमा ल्याएको उथलपुथल र हानी, प्रयोगको मात्रामा घट्बढ केकस्तो छ, लतले पेसागत, सामाजिक तथा व्यक्तिगत जीवनमा ल्याएको समस्याहरु आदी कुराहरुको अध्यन गरिने गर्दछ। यस बाहेक कुनै अवस्थामा health history र physical को अध्यन बाट पनि यसको निदान गर्न सकिन्छ।

यसका लागि के गर्नुपर्ला त?

Addiction को उपचार सम्भव छ तथापी यो यसको प्रकृया लामो हुने गर्दछ। यसको निवारन भिन्न भिन्न भाग मा हुने गर्दछ जस्तै; पदार्थको प्रयोग को मामिलामा detoxification अनिवाय्र हुने गर्दछ, त्यसपछी उपचारलाई सहज बनाउन medication को प्रयोग र त्यो दौरान विरामिको मनोबल बढाउन counseling को पनि प्रयोग गरिने गर्दछ। यसका साथै psychotherapy, family therapy, group therapy आदिको पनि प्रयोग गर्न सकिन्छ।