नशा तथा मानसिक रोगहरु
टाउको दुख्ने समस्या (Headache) र यसका प्रकारहरु
टाउको दुख्ने समस्या नेपालमा धेरैजसो लाई लाग्ने समस्या हो. यो समस्या १ दिन २ दिन देखि बर्सौ सम्म लाग्न सक्दछा टाउको दुखाई २ प्रकारको हुनछन |
I. तनाबले गर्दा हुने टाउको दुखाई (६९%)
II. माइग्रेन् ले गर्दा हुने टाउको दुखाई (१६%)
यदि टाउको दुख्ने समस्या लामो समयदेखि छ र सामान्य नदुख्ने औसधि खादा बिसेक हुन्छ र फेरी टाउको दुख्ने समस्या बल्झिन्छ भने तेस्तो टाउको दुखाईको उपचार गर्नुपर्ने हुन्छा आफुलाई टाउको दुख्ने समस्या छ तर टेस्ट गर्दा सबै रिपोर्ट normal छ भने त्यो मानसिक समस्या हुन सक्दछ | यो टाउको दुखाई तनाबले गर्दा हुने टाउको दुखाई, माइग्रेन् ले गर्दा हुने टाउको दुखाई मात्र नभएर निरासपनले गर्दा पनि हुन सक्दछ |
तनाबले गर्दा हुने टाउको दुखाई:
बर्सौ देखि टाउको दुखिरखेको, टाउको दुख्दा जतापनि दुख्न सक्ने, भारी भएजस्तो, थिचेजस्तो , गरुहोंगो महसुस हुने, कसैलाई पोलेजस्तो, किरा हिंडेजस्तो महसुस हुने चक्कर आउने हुन्छ। दिनभरी बिस्तारि दुखिरहने, काम गर्नपनि सकिने दुख्न पनि नछोड्ने हुन्छा. सामान्य औसधि खाएमा निको हुन्छ। येससंग मानसिक समस्या जोडिएको हुन सक्छ जस्तै कुनै तनाबको स्थिति, निद्रामा गडबडी, या अरु कुनै लक्षण हुन सक्दछ |
माइग्रेन् ले (Migrane) गर्दा हुने टाउको दुखाई:
टाउको दुख्दा बल्किने, दुखेपछी ४ घण्टादेखि २ दिनसम्म दुख्न सक्ने, उल्टी औला जस्तो हुने, उल्टी आउने हुन सक्दछा. कतिले कडा औसधि खानुपर्ने, इन्जेक्शन लगाउनुपर्ने, या सुत्नैपरने हुन्छा. घामले, आवाजले टाउको दुखाईमा फरक पार्न सक्द्छ र कसैलाई त हिडडुल गर्दा पनि टाउको दुखाई बढ्ने भएकोले घरभित्रै बसेर आराम गर्दछन, एक पाखा मात्र दुख्ने पनि हुन्छ तर सधै एक पाखा मा मात्र दुख्छ भन्ने नहुन सक्दछ।
यी टाउको दुखाई को उपचार सम्भव छ र नजिकैको मानसिक रोग बिशेसज्ञ या नसाको चिकित्सक मा गइ उपचार गरेमा समस्या राम्रो गराउन सकिन्छ।
कस्तो टाउको दुखाईमा सचेत हुने र तुरुन्त चिकित्सकलाई भेट्ने ?
1. धेरै जोडसंग दुखेमा
2. पहिलो सहन नसक्ने दुखाई
3. दुखाई झन नराम्रोसंग या जोडसंग बढिराखेको छ
4. जाच गर्दा नसाको समस्या देखिएमा
5. ज्वरो आएमा
6. टाउको दुखेपछि उल्टी भएमा
7. टाउको दुख्नाले निद्रा बिग्रेमा या उठ्ने बित्तिकै दुखेमा
8. ५५ बर्षभन्दा बढी उमेरको व्यक्तिलाई दुखेमा
हजुरहरुलाई यो प्रयास कस्तो लाग्यो?
यस लेख सम्बन्धि कुनै जिज्ञासा भए तल लेखि पठाउनुहोला हजुरहरुको प्रतिक्रिया ले नै यो लेखहरु लेख्न प्रेरणा मिल्दछा नसा तथा मानसिक समस्या केहि भएमा तल प्रतिक्रिया मा सोध्नुभयामा सल्लाह सुझाब दिने कोसिस गर्नेछु |